अनेरास्ववियु आलिताल गाउँकमिटीको विद्यार्थी प्रशिक्षण
शोभा तामाङ
डडेलधुरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन जिल्ला कमिटी डडेलधुराको आयोजनामा आज जागरण तथा प्रथम आलिताल गाउँकमिटी सम्मेलन एवम् विध्यार्थी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटी सह–संयोजक दिपेन्द्र थलालको सभाध्यक्षतामा र नेकपाका युवा एवम् प्रभावशाली नेता तुलाराम बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा देशमा रहेको वर्तमान राजनीतिक परिस्थिति एवम् सचेतता र जनचेतनामुलुक कार्यक्रमसहित अनेरास्ववियु अन्तर्गत प्रकाश बोहराको नेतृत्वमा ३१ सदस्यीय गाउँकमिटी समेत गठन गरिएको छ ।
कार्यक्रममा अनेरास्ववियुको साङ्गठनिक विषयको बारेमा प्रशिक्षण सहित वर्तमान राजनीतिक कदम बारेमा सजग गराइएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य कल्याण कामी र मोहन धामीले स्वागत सहित शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आलिताल गाउँकमिटीका नेकपाका नेतृत्व वर्ग र विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु आलिताल गाउँकमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्