कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने : केपी शर्मा ओली
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु सर्वोत्तम प्रणाली भएको बताउँदै कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘अस्थिरता होइन चुनाव चाहियो’ भन्दै उपस्थित सहभागीहरुलाई नारा लगाउन समेत लगाएका थिए ।
काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘देश चुनाव तर्फ गयो गयो ।’
त्यस्तै, उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्छ । उनले भने, ‘अब कसको सरकार बन्छ चुनावले फैसला गर्छ ।’
उनले प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै भने ‘चुनाव गर्दा कसरी देश संकटमा जान्छ?’ भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्र नेपालमा मासिन नसक्ने बताउँदै कसैले पनि लोकतन्त्र तर्फ केही गर्छु भनेर नचिताए हुन्छ, नसोचे हुन्छ भन्दै लोकतन्त्र सुदृढ हुने बलियो हुने बताए । उनले नेपालमा जनता सचेत भइसकेका कारण लोकतन्त्र उज्ज्वल हुने जिकिर गरे
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्