संखुवासभामा निर्माणाधीन अरुण ३ को काम तिब्रगतिमा अघि बढ्दै ( फोटो फिचर सहित )
बाँध निर्माणका लागि डाइभर्सन ट्रनेल भित्र अरुण नदीको पानी फर्काईयो ।
संखुवासभाको मकालु र चिचिला गाउँपलिकामा निर्माणाधिन ९ सय मेगावाटको अरुण–३ जलविधुत् परियोजनाको काम तिव्रगतिमा अगाडि वढेको छ । बाँध निर्माणका लागि डाइभर्सन ट्रनेल भित्र नदीको पानी प्रवेश गराउने कार्यको उद्घाटन गर्दै सतलज कम्पनीका निर्देशक नन्दलाल शर्माले परियोजनाको काम अझ तिव्रगतिमा बढ्ने बताउनुभयो ।

चार सय २९ मिटर लामो डाइर्भसन ट्रनेलमा अरुण नदीको पानी फर्काएपछि सतलजका निर्देशक शर्माले अव बाँध निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । परियोजनाको भौतिक प्रगति ३८ प्रतिशत भन्दा बढी भइसकेकाले समयमा नै काम सम्पन्न हुने पनि शर्माले बताउनुभयो । परियोजना निर्माणमा संलग्न निर्माण कम्पनीहरुलाई समयमा नै आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन समेत निर्देशक शर्माले दिनुभयो । निर्माण कम्पनीहरुले हाल सम्म गरेको कार्य प्रति आफु सन्तुष्ट रहेको निर्देशक शर्माले बताउनुभयो ।

बाँध निर्माण र एचाआरटी(सुरुङ) निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जयप्रकाश एशोसिएट (जेपी) का डाइरेक्टर प्रविनकुमार सिंहले ड्राइभर्सन टनेलको कार्य सफतापुर्वक सम्पन्न गर्न निर्माण कम्पनीका अनुभबी प्राबिधिक र स्थानीयको साथ रहेको र नदीको पानी सुरुङ मार्फत फर्काए सँगै एक सय मिटर उचाईको बाँध निर्माणको कार्य पनि सुरु भएको जानकारी दिनुभयो ।

१ खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान निर्माण भइरहेको परियोजनाको बाँध मकालु–५ र विधुत् गृह चिचिला–२ मा रहने छ । परियोजनाको यन्त्र राख्ने ठाउँ १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । विधुत् उत्पालन गृह जमिन भित्रनै रहने निर्माण कम्पनीले जनाएको छ । ११ दशमलव ७४ किलोमिटर लामो मुख्य सुरुङको काम ४० प्रतिशत सकिएको हो । जलविधुत् परियोजनाको मुख्य सुरुङ काम ४० प्रतिशत, ड्यामको काम ६० प्रतिशत, पावर हाउसको काम ६० प्रतिशत र ट्रान्सफर्मर हलको काम ८६ प्रतिशत काम सम्पन्न भएको एसएपिडिसीका प्रवन्धक निर्देशक अरुण धिमानले जानकारी गराउनुभयो ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #अरुण तेश्रो, #जेपी, #सतलज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
















तपाईको कमेन्ट लेख्नुहोस्