बानेश्वरका व्यवसायी संघका अध्यक्षलाई ज्यानमार्ने धम्की
बानेश्वरका व्यवसायी संघ
काठमाडौँ, १७ माघ ः नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष रामशरण गिरीलाई बानेश्वरको फुटपाथ व्यापारीले ज्यानमार्ने धम्की दिएका छन् ।
ज्यानमार्ने धम्की दिएपछि उनी महानगरिय प्रहरी वृत्त तीनकुनेमा जीउधनको सुरक्षाको माग राखि निवेदन दिएका छन् ।
हिजो शुक्रबार १० नम्बर वडा कार्यालय, महानगरिय प्रहरी वृत र स्थानीय व्यवसायी समेतको सहभागितामा फुटपाथ तथा पार्किङ व्यवस्थापनको पूर्व निर्धारित कार्यक्रम अनुरुप पिपलबोटमा कार्यक्रम संचालन भइरहेको अवस्थामा स्थानीय व्यापारीले कार्यक्रम विथोल्ने हुल हुज्जत गर्ने र ज्यानमार्ने सम्मको धम्की दिई अभद्र व्यवहार गरेका थिए ।
उनीहरुले अभद्र व्यवहार गरेको भन्दै प्रहरी वृतमा संंघका अध्यक्ष सहित कार्यसमिति पदाधिकारीको जीउ, धनको सुरक्षाको व्यवस्था मिलाई कारवाही गर्न निवेदन दिएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्