नुवाकोट चेम्वर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न
नुवाकोट, १६ माघ- नुवाकोट चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यावसायीको हक हितमा संलग्न रहनु पर्ने भएकाले प्रदेश, जिल्ला र नगरमा समेत जिल्ला चेम्बर अफ कमर्सको विस्तार गरिएको बताए । व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा पनि चेम्बर सकृय रहेको समेत उनले उल्लेख गरे। नुवाकोटको स्थानिय उत्पादनलाइ बढाइ निर्यातलाई प्राथमिकता दिनुपर्ने र यहाँको ऐतिहासिक स्थलहरुलाइ पर्यटकीय गन्तव्य स्थलको रुपमा बिस्तार गर्न पर्नेमा उनले जोड समेत दिए ।
सो अवसरमा सभापतिको आसनबाट बोल्दै नुवाकोट चेम्वर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले नुवाकोट चेम्बरले यस क्षेत्रका उद्यमी÷व्यवसायीको समस्या समाधान गर्न संस्थागत रुपमा पहलकदमी लिदै आएको कुरा राखे । आमन्त्रित सहभागीहरुलाइ स्वागत गर्दै यस क्षेत्रको पर्यटकीय कृषि तथा जडीवुटीको संभावनालाइ दृष्टिगत गरी नुवाकोटको आर्थिक गतिबिधि चलायमान बनाउन चेम्वर अग्रसर हुने पनि उनले बताए । सो अवसरमा बिशिष्ट अतिथि प्रदेश नं. ३ चेम्वर अफ कमर्सका अध्यक्ष कृष्णमान श्रेष्ठ, उपभोक्ता मंचका जिल्ला अध्यक्ष इन्द्र वहादुर पण्डित, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष गिता अमात्य तथा रेडिमेड कपडा व्यापार संघका संजीव श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कार्य समिति सदस्य त्रिभुबनधर तुलाधर र राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रम नुवाकोट चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष ओम श्रेष्ठले संचालन गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्