तारकेश्वर नगरपालिका वडा नं. ७ स्थित नागपोखरी थापा गाउँमा बिहिबारदेखि सार्वजनिक नयाँ बस सञ्चालनमा
१६ माघ, काठमाडौं ।
तारकेश्वर नगरपालिका वडा नं. ७ स्थित नागपोखरी थापा गाउँमा बिहिबारदेखि सार्वजनिक नयाँ बस सञ्चालनमा आएको छ । धेरै पहिलादेखि स्थानीय जनताको माग पुरा भएको छ । ज्येष्ठ नागरिक काले थापाको प्रमुख आथित्यमा बिहिबार बिहान भएको रुट उद्घाटन तारकेश्वर नगरपालिका वडा नं.७ का वडा सदस्य मिठाराम खत्रीले रिबन काटेर उद्घाटन गरेका थिए ।
थापा गाउँ टोल सुधार समिति र सन्तानेश्वर महादेव मन्दिरका अध्यक्ष अर्जुन थापाकाअनुसार त्यस ठाउँमा भाडा बसको अत्यधिक माग भएको र आवश्यकता देखिएकाले भाडा बस सञ्चालन गर्न बालाजु–बाइसधारा यातायात प्रा।लि।लाई बारम्बार जानकारी गराउँदा सफल भएको बताएका थिए ।
कार्यक्रममा स्थानीय उपभोक्ताहरु, महिला समूह, सुरक्षाकर्मीको बाक्लो उपस्थीति रहेको थियो । सार्वजनिक बसको रुट सञ्चालन भएपछि स्थानीयबासीमा खुशी छाएको थियो । कार्यक्रमका सभापति तथा बालाजु–बाइसधारा यातायात प्रा.लि. का अध्यक्ष प्रेमबहादुर शाहीले थापा गाउँमा राम्रोसँग बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका वडा नं. ७
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्