आइफोन प्रयोगकर्ता एक अर्ब नाघे
एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले आफ्नो पहिलो त्रैमासिकको कमाइमा रेकर्ड ब्रेक गरेको द भर्जले बताएको छ।
अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेको एप्पलका सिइओ टिम कुकको भनाइ छ। जसमा आइफोन, एप्पल म्याक, आइप्याड, एप्पल टि।भी, आइपोड र एप्पलको घडी परेको छ।
द भर्जका अनुसार ती उपकरण मध्ये आइफोन बढी बिक्री भएको छ र यसको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको छ।सन् २०२० मा आइफोन प्रयोगकर्ताको संख्या ९० करोड थियो। नयाँ आइफोन १२ को बिक्री बढेसँगै यस वर्ष आइफोन चलाउनेको संख्या ९ प्रतिशतले वृद्धि भएको हो।
‘यो वर्ष चीनमा बढी बिक्री भएका शीर्ष तीन स्मार्टफोन मध्ये आइफोन दोस्रो स्थानमा परेको थियो,’ एप्पलका सिइओ टिम कुक भन्छन्, ‘कयौँले पुराना आइफोन फेरेर नयाँ आइफोन किनेको र एन्ड्रोइड प्रयोगकर्ताले आइफोन प्रयोग गर्न थालेको देखिन्छ। विश्वका हरेक भौगोलिक क्षेत्रमा एप्पलका प्रयोगकर्ताको संख्या बढिरहेको छ।’
सन् २०१६ मा एप्पल उपकरणका प्रयोगकर्ता एक अर्ब थियो। यसैगरी सन् २०१८ मा सो संख्या एक अर्ब आठ करोडले बढेको थियो।विश्वव्यापी बजारमा आइफोनको चर्चा बढेसँगै हरेक वर्ष यसको बिक्री संख्या पनि थप हुँदै जाने छ।
क्याटेगोरी : समाचार
ट्याग : #आइफोन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्