मध्यरातमा भण्डारा प्रहरीको अप्रेसन : ११० केजी गाँजा सहित ट्रक नियन्त्रणमा, चालक फरार

चितवन । चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (बुधबार) राती १० बजे पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर १ स्थित पिप्लेमा रहेको राष्ट्रिय आधारभूत विद्यालय नजिकबाट अन्दाजी ११० केजी अवैैध लागूऔषध (गाँजा) बरामद गरेको हो ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६. ख. १३७१ नम्बरको ट्रकमा सवार चालक र सहचालक ट्रक छाडेर एक्कासी फरार भएपछि उक्त ट्रकमा नेपाल प्रहरीका तर्फबाट प्रहरी निरीक्षक गिरी र सशस्त्र प्रहरी बल भण्डाराको तर्फबाट सहायक निरीक्षक जगत प्रसाद सुनारीको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा र ट्रकलाइ आवश्यक कार्वाहीका लागी ईलाका प्रहरीले कार्यालय भण्डाराले आफ्नु नियन्त्रणमा लिएको छ भने ट्रकका चालक र गाँजा ल्याउने समूहहरु भने फरार रहेको प्रहरीले जनाएको छ । भण्डारामा मुद्दा नचल्ने भएकोले आवश्यक कार्वाहीका लागी भोली (बिहीबार) ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइने प्रहरी स्रोतले जनाएको छ । यस बिषयमा चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्