Techie IT
शनिबार, भदौ २२,२०८१

नेपालमा कोरोनाविरुद्धको खोप शुरू हुनुअघिनै २ लाख ७० हजार भन्दा बढी संक्रमित , २०१७ जनाको मृत्यु


काठमाडौं माघ ।  नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरू हुँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिसकिएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ भने सोही संख्याका संक्रमित आइसोलेसनमा छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको १ वर्ष ३ दिनपछि  बुधबारदेखि यो अभियान शुरू गर्न लागिएको हो ।

यो अवधिमा कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ हजार १७ जनाको मृत्यु भइसकेको छ । मंगलबारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको यो दर ०.७४ प्रतिशत हो ।

मंगलबारसम्म नेपालमा २ लाख ७० हजार ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ हजार १७ जनाको मृत्यु भएको हो भने २ लाख ६४ हजार ८२३ जना संक्रमित निको भइसकेका छन् । निको हुनेको यो दर ९८.०४ प्रतिशत हो ।

त्यसैगरी मंगलबारसम्म देशभरका विभिन्न क्वारेन्टिनमा १२२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोनाविरुद्धको खोप शुरू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Partly Cloudy
5:44 am6:18 pm +0545