धर्मस्थली बजारमा कांग्रेसको विरोध सभा
काठमाडौं ।नेपाली कांग्रेसले देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शन सहभागी गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
“गाउँ , नगर कार्यसमितिले प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु”, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै बिच नेपाली काँग्रेस तारकेश्वर नगर कमिटिले धर्मस्थली विरोध सभा गरेको छ ।

आज दिउँसो १२ बजे लामबगरको शिवमन्दिरबाट बाजागाजासहितको ¥यालीले नगरपालिकाको कार्यालय परिक्रमा गरी धर्मस्थली बजारमा विरोध सभा गरेको छ ।
नेपाली काँग्रेस तारकेश्वरका नेता एचआर तिमिल्सिनाकाअनुसार आजको विरोध सभा कार्यक्रममा सम्बोधनका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयले नेपाली काँग्रेसका पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानलाई तारकेश्वर पठाएको थियो ।
कार्यक्रममा बोल्दै भिमसेनदास प्रधानले ओली सरकारको विकल्प भनेको ओलीले नेपाली जनतासँग माफी मागेर प्रतिनिधि सभा विघटन खारेज गर्नुपर्ने ।
काठमाडौं जिल्ला सभापति सवुकृष्ण बानियाँ, श्यामकृष्ण खड्गी काठमार्डौं क्षेत्र नं ६ का सभापछि, इन्द्रमान महर्जन, विष्णुभक्त तिमिल्सिना, काँग्रेस नगर सभापति श्रीराम थापा लगायतका नेतारकार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #धर्मस्थली बजारमा कांग्रेसको विरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्