प्रचण्डद्धारा प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
राजधानीमा आयोजित उक्त समूहको काठमाडौँ जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै संघीय लोकतन्त्र धरापमा परेको बताए ।
उनले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’
सम्बोधनका क्रममा प्रचण्डले आफूहरुले निर्वाचित प्रधानमन्त्रीले संघीयता मूल्य मान्यता विपरित गएको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।’
‘अहिले त्यो धरापमा परेको छ । हिजो मैले पार्टी एकताका लागि केपी ओलीसँग प्रस्ताव लिएको रहेको थिए । त्यसलाई फर्केर स्मरण गरौं । हामी अलगअलग बसी राख्नुको औचित्य छैन भनेर मैले भनेको थिए । त्यसपछि केपी ओलीले सकारात्मक छु भन्नु भएको थियो । त्यसपछि हामीले बाम गठबन्धन घोषणा गरेका थियौं र नागरिकमा उत्साह छाएको थियो । देशमा सामाजिक न्यायसहितको समृद्धि हुन्छ भनेर देशैभरी छायो । जनताबाट पनि अनुमोदन भयो । दशकौँ वर्षदेखि बोलचाल नगर्ने साथीहरु दश दिनमै दशकै देखिको सम्बन्ध भएको जसरी प्रचारमा गए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओलीको कडा आलोचना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्