गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयमा निःशुल्क पुस्तक
गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे । हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राख्नुभयो । करिब रु छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताउनुभयो ।
विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उहाँको भनाइ थियो । शिक्षाविद्समेत रहनुभएका डा आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताउनुभयो । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताउनुभयो ।
नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो । थुनुवाकक्षलाई पुस्तक चितवन– जिल्ला प्रहरी कार्यालय चितवनमा रहेको थुनुवाकक्षका लागि पुस्तक हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पुस्तक हस्तान्तरण गरेको हो । महासङ्घले मङ्गलबार आफ्नो १६औँ स्थपना दिवसको अवसरमा कार्यालयमा एक कार्यक्रम गर्दै पुस्तक हस्तान्तरण गरेको हो । संस्थाले ४१३ थान पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई किताब फाइदाजनक हुने बताउनुभयो । किताबको पूर्ण सदुपयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँले आफ्नो व्यवसायसँगै सामाजिक दायित्व बहन गर्दै पढ्ने संस्कृतिको विकास गर्न पुस्तक सहयोग गरेको बताउनुभयो ।
यस्तै महासङ्घका वाग्मती प्रदेश अध्यक्ष किरणकुमार खनालले थुनुवाकक्षमा रहेका व्यक्तिलाई किताबमार्फत असल बाटोमा हिँड्न अभिप्रेरित गर्नका लागि किताब सहयोग गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले हिरासतमा रहेका व्यक्तिका लागि पढ्ने व्यवस्था गर्ने जानकारी दिनुभयो ।
गुरुङले पछिल्लो समयमा अपराधका घटना बढ्दै जाँदा कानूनले मात्र नभएर प्रहरीसँग समुदाय साझेदारी गरी सकारात्मक सोचको विकास गर्न सकेमा अपराधका घटना कम गराउन सकिने बताउनुभयो । जिल्ला प्रहरी कार्यलय चितवनमा ८० थुनुवा अटाउने हिरासतकक्ष रहेको छ भने हाल ५२ विभिन्न मुद्दा खेपिरहेका आरोपित छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्