पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो ।
एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ । त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगल रहनुभएकी तारादेवी परियारको निधन भएको छ ।
आफ्नै घरमा ग्यास पड्केपछि घाइते हुनुभएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अङ्ग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आत्महत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्