काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध
काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गर्नुुभएको हो । कामपाले यसअघि मुलुकका रामग्राम र चन्दननाथ नगरपालिका तथा चीन, जापान, बेलारुस, म्यान्मा, दक्षिण र प्रजग कोरिया र भारतका गरी १२ शहर तथा मेलम्चीले इटालीको रोभरिटो नगरपालिकासँग भगिनी सम्बन्ध राखिसकेका छन् । सो समझदारीसँगै कामपाले निर्माणाधीन मेलम्ची नगरोद्यान निर्माणका लागि सहयोग गर्ने भएको छ ।
यसका लागि समेत दुई नगरबीच सम्झौता भएको छ । उद्यान मेलम्ची – १० मा निर्माण हुनेछ । इन्द्रावती नदीको किनारमा बन्ने उक्त उद्यानमा पानीको फोहरा, हेलिप्याड, बालबालिकाका लागि खेलकूद मैदानलगायत हुनेछ । उद्यानको डिजाइन मेलम्ची आफैँले गर्नुपर्नेछ । त्यसका लागि प्राविधिक सहयोग मागे कामपाले उपलब्ध गराउनेछ ।
आर्थिक वर्ष २०७७ । ०७८ मा निर्माण शुरु गरेर २०७८। ०७९ मा पूरा गर्नुपर्नेछ । उद्यान निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ कामपाले सहयोग गर्नेछ भने बाँकी नगरपालिका आफैंँले ब्यहोर्ने छ । कार्यक्रमलाई सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले मुलुकभित्रकै स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य कामपाले गरिरहेको र यसबाट पर्यटनका लागि थप सहयोग पुग्ने बताउनुभयो ।
मेलम्चीका प्रमुख अर्यालले मेलम्ची गाउँ नै गाउँले भरिएकाले विस्तारै शहरी विकास गर्न लागिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भगिनी सम्बन्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्