मोटरसाइकल चोरहरुको जालो तोड्दै एसपी गुरुङ, ४ जना पक्राउ
चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने एक समूहलाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकलसहित ४ जनालाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर महानगरपालिका ११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क, भरतपुर महानगरपालिका ८ गौरीगञ्ज पांडेघुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोर्खा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर महानगरपालिका ८ पारसनगर जानकीटोल बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न मितीहरुमा चोरी भएका २ वटा २२० सीसीको पल्सर मोटरसाइकल सहित एउटा डियो स्कुटर समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुमध्य सुनारलाई गत, पौष १८ गते राती कालिका नगरपालिका ५ जनज्योती टोलबाट चोरी भएको ना ४६ प १३२० नम्बरको २२० सिसीको मोटरसाइकलको नम्बर प्लेट परीवर्तन गरी प्रदेश नंम्बर २–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको अवस्थामा भरतपुर महानगरपालिका १० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडी शंकास्पद अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका सुनारमाथि थप अनुसन्धान गर्ने क्रम्मा प्रहरीले अन्य दुइ वटा मोटरसाइकल र एउटा डियो स्कुटरसहित थप तीन जनालाई समेत पक्राउ गर्न सफल भएको हो । गत, पौष १० गते राती रत्ननगर नगरपालिका ३ शान्तिचोकबाट ना . ५७ . प . १८ नम्बरको १५० सिसीको मोटरसाइकल र पौष १६ गते भरतपुर १ रामनगरबाट ना. ४९. प. ५०६८ नम्बरको चोरी भएको डियो स्कुटरसहित भरतपुर महानगरपालिका ८ गौरीगञ्ज पांडेघुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङको थापा मोटरसाइकल वर्कशपबाट बरामद गरेको थियोे ।
त्यस्तै, गएको पौष २ गते राती रत्ननगर १० भानु चोकबाट चोरी भएको प्रदेश नम्बर ३ – ०२ – ०१२ प ९९६४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल सहित भरतपुर महानगर ८ पारसनगर जनकीटोल बस्ने ३७ वर्षीय नवराज श्रेष्ठको गाईंगोठबाट बरामद गरेको छ ।
पक्राउ परेकाहरूमाथी थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाइ गएको पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिए । गत, कार्तिक २३ गतेपनि चितवन प्रहरीले चोरीको मोटरसाइकल सहित ७ जनालाई पक्राउ गर्न सफल भएको थियो । जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरुको ब्यापक रूपमा खोजतलासमा जुट्दै आएको प्रहरीले यो सफलता हात पारेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्