चोरीको मोटरसाइकल सहित दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्दै हिंड्ने दुइ जनालाई पक्राउ गरेको छ । जिल्लामा लामो समयदेखि मोटरसाइकल चोरी गर्दै हिंड्ने गिरोहहरु प्रति आक्रमक बन्दै आएको चितवन प्रहरीले आज मंगलबार चार वटा मोटरसाइकल सहित दुइ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १३ पाँडेघुम्ती बस्ने अन्दाजी २०/२२ बर्षका मणी गौतम र मंगलपुरको ग्यारेज चलाइ बस्ने अर्का एक जना नाम नखुलेको ब्यक्ति रहेकोे बताइएको छ । गौतमलाइ ३ दिन अगाडी पक्राउ गरेको भएपनि ग्यारेज चलाइ वस्ने अर्को एक जनालाई भने आज मात्रै पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट टि ट्वान्टी मोटरसाइकल बरामद गरिएको जिल्लाको एक घुमुवा प्रहरी स्रोतले आफ्नु नाम नबताउने सर्तमा बताए । घट्नाबारे भोलि पत्रकार सम्मेलनमार्फत थप जानकारी गराइने चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्