पोखरामा ५ लाख कोरोना विरुद्धको भ्याक्सिन भण्डारण हुने
गण्डकी प्रदेशमा तीन महिनापछि आगामी मार्च महिनामा कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहकार्यमा संघीय सरकारको सहयोगमा मार्चमा पहिलो चरणमा राहतस्वरुप कोरोनाको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताउनुभयो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भ्याक्सिनको भण्डारण तथा वितरण हुने भएको उहाँले जानकारी दिनुभयो । हाल नेपालमा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा व्यवस्थापन गर्नुपर्ने भ्याक्सिन प्रदेशको लागि उपयुक्त वातावरण हुने निर्देशक खड्काले बताउनुभयो । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा भ्याक्सिन भण्डारणको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखराको परिसरमा भण्डारण कक्षा निर्माण भइरहेको उहाँले बताउनुभयो । नेपाल सरकारले हाल १२ प्रकारका विभिन्न खोप निःशुल्क रुपमा वितरण गर्दै आएकाले रुवेला, दादुरा जस्तै अभियानमा कोरोना विरुद्धको भ्याक्सिन समेत लगाइने निर्देशक खड्काले दाबी गर्नुभयो ।
पोखरामा करिब ५ लाख भ्याक्सिन भण्डारण हुने गरी हाल भण्डारण कक्ष निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
युनिसेफको सहयोगमा हाल करिब २० प्रतिशत सहयोग प्राप्त हुने भएको निर्देशक खड्काले बताउनुभयो ।
कोरोना रोकथामका लागि आवश्यकताको आधारमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक, प्रतिरक्षा कोष कमजोर भएका, बालबालिका लगायतलाई लगाउने भएको उहाँले भन्नुभयो । कोरोनाले अहिले पनि स्वरुप परिवर्तन गर्ने भएकाले भ्याक्सिन लगाएसँगै त्यसको प्रभाव मूल्यांकन गरी भ्याक्सिन खरिद गर्नु पर्ने जटिल समस्या भएको उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना विरुद्धको भ्याक्सिन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्