नेकपाको आन्तरिक विवाद चुलिएका बेला प्रचण्ड भारत जाँदै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चुलिएका बेला बिरामले च्यापेकी पत्नी सीता दाहाललाई लिएर सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदैछन्।
प्रचण्डको यो दिल्ली हुँदै मुम्बईसम्मको यात्रालाई सीता दाहालको उपचारका हिसाबमा मात्र राजनीतिक वृत्तमा हेरिएको छैन। तर सचिवालयले भने यो नितान्त पारिवारिक स्वास्थ्य उपचारका लागि हुन लागेको यात्राका रुपमा व्याख्या गरेको छ।
प्रचण्डको साथमा सीतासँगै छोरी तथा स्वकीय सचिव गंगा दाहाल पनि जानेछिन्। सीताको उपचारमा गंगा नै खटिएका कारण उनलाई लैजान लागिएको हो।
अकास्मात विरामले च्यापेपछि सीतालाई केही दिन अघि भैंसेपाटीको मेडिसीटी अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरहरूसँगको सल्लाहपछि भारतको मुम्बईमा उपचारको व्यवस्था मिलाइएको बताइन्छ। यसअघि अमेरिका र सिंगापुरमा सीताको उपचार भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड भारत जाँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्