नेकपा मिलाउन चीनका हाइलेबलका ‘एजेन्ट’ काठमाडौंमा
नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको राजनीतिमा प्रभाव कायम राख्न विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मिलाउने प्रयासहरू जारी राखेको खुलासा भएको छ ।
चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा तीन सदस्यीय टोली खडा गरेर विभाजन भएको नेकपाको विवाद मिलाउने प्रयासहरू गरिरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
नेपालमा गोप्य रुपमा बसेका तीन जना चिनियाँ एजेन्टहरूले नेकपा मिलाउन प्रयासहरू गरिरहेको छ । तीन जनाको टोलीलाई चिनियाँ राष्ट्रपति सीले पूरा अधिकार दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अन्तर्राष्ट्रिय विभागका गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली पठाएका थिए । येचौको टोलीले नेपालका उच्च राजनीतिक नेतृत्वलाई भेट गरेको थियो ।
प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई प्रतिद्वन्द्वी गुटहरूलाई एकताबद्ध गर्ने आफ्नो प्राथमिक उद्देश्य पूरा गर्न असफल भएको टोलीले निष्कर्ष निकाल्दै गत बुधवार चीन फर्किएको थियो ।
येचौँको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन गर्न दिइएको आदेश रद्द गर्न सकिदैन भने निर्वाचनमा मिलेर जान दुबै नेकपालाई दवाव दिएको थियो । चीनले संसद पुनःस्थापनाका लागि पनि दवाव दिएको छ ।
चीनले बाहिरी रुपमा गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डललाई नेपाल पठाएको थियो ।
तर, चीनले अहिले पनि नेपालमा गुप्त रुपमा आफ्ना प्रतिनिधिहरूमार्फत नेकपाका दुबै पक्षसँग परामर्श जारी राखेको छ ।
गुओ येचौ आइतवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै सडकमार्ग हुँदै चीनबाट अर्को टोली नेपाल प्रवेश गरेको थियो ।
नेकपा मिलाउन बसेका चिनियाँ कम्युनिष्ट पार्टीका एजेन्टहरूले नेपालको राजनीतिमा केन्द्रित नेता र व्यक्तिहरू आफ्नो पक्षमा बनाएको जनाइएको छ ।
आफ्नो हस्तक्षेपलाई गोप्य राख्न चीनले भरपुर प्रयासहरू गरिरहेको छ । चीनले नेपालको आन्तरिक राजनीतिलाई प्रभावित पार्न प्रयास गरेको भन्दै आक्रोश पनि पोखिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गत हप्ता भनेका थिए, ‘देशको मित्र र नजिकको छिमेकीको रूपमा हामी आशा गर्दछौं कि नेपालका सान्दर्भिक दलहरूले राष्ट्रिय हित र ठूला चित्रलाई ध्यानमा राख्नेछन् ।’
नेपालको २७५ सदस्यीय प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई डिसेम्बर २० को राष्ट्रपति आदेश रद्द गर्न लक्षित गर्ने चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलका नेता गुओ येचौको प्रतिनिधिमण्डलले वैशाखमा हुने निर्वाचनमा दुई समूहलाई संयुक्त रूपमा चुनाव लड्न दवाव दिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चीनका हाइलेबलका ‘एजेन्ट’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्