राष्ट्रिय आकांक्षा बिपरित ‘प्रचण्ड’- माधवको ध्यान कुर्सीमा मात्रै : ओली
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालहरुलाई राष्ट्रिय आकांक्षा के हो भन्ने बारे थार्ह नभएको बताएका छन् ।
काठमाडौंमा आज शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई लक्षित गर्दै भने, ‘राष्ट्रिय आकांक्षाको विषयमा ढुंगो बोल्ला तर उहाँहरू बोल्नुहुन्न ।’
अर्को सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुन्तला खानका लागि सल्लाघारीमा नजान आग्रह समेत गरेका छन् ।
‘उहाँहरूको ध्यान कुर्सीमा मात्रै छ । हाम्रो बैठकमा आएको भए पाइहाल्थ्यो नि’, ओलीले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन ।’
पार्टीभित्र खिया लागेको दुई वटा ‘नटबल्टू’ खुस्किएपछि नेकपा थप पुनर्ताजकी भएको दाबी गर्दै ओलीले भने, ‘पार्टीलाई सुदृढ बनाएर आँधी तुफानको साथ अब काम गर्ने छौं । अब पार्टीले आफ्नो परिवारलाई नभएर जनताको पक्षमा काम गर्ने दाबी गरे ।’
प्रचण्डले केवल आफ्नो परिवारका लागि मात्रै राजनीति गरेको ओलीको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्