झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
टोखा , झोर काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पाटी टोखा १ कमिटिले अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पार्टीका कार्यकर्तालाई संगठित गर्ने उदेश्यले शुक्रबार झोरमा कार्यकर्ता भेलाको आयोजना गरिएको स्थानिय नेता एवं समाजसेवी राजाराम अधिकारीले बताए ।
भेलालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्गदेलले राप्रपाले गरेका कामको प्रचार प्रसार गर्दै जनतालाई पाटी प्रतिको विश्वास दिलाउन कार्यकर्तालाई अनुरोध गरेका छन ।
उनले टोखाको विकासका लागि राप्रपाले उल्लेख्य काम गरेको दावि समेत गरे । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको आरोप छ ।
संघिय प्रणाली नै गलत भएकाले विकास निर्माणका काम अगाडी नबढेको बताउदै प्रदेश सरकार खारेज गर्नुपर्ने उनको माग थियो ।
टोखाका स्थानीय तहले राप्रपालाई काम गर्न रोक्ने प्रयास भइरहेको भन्दै निष्ठासंग काम गरेर देखाउन सो भेलाले चेतावनी दिएको छ ।
सो कार्यक्रममा स्थानिय राप्रपा नेता एवं कार्यकर्ताको बाक्लो उपस्थीती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #झोरमा राप्रपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्