निर्माण सामग्री अभावका कारण सडक निर्माणमा बाधा
सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुङ्गाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न सडक निर्माण अवरुद्ध बन्न पुगेको सडक विभागले जनाएको छ । निर्माण सामग्रीको समस्या समाधानका लागि पहल भइरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो ।
उहाँका अनुसार निर्माण सामग्री कुन–कुन स्थानमा र कसरी निकाल्ने भनी कार्यविधि बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो आएपछि मात्रै सडक निर्माण सञ्चालन हुनसक्छ ।
” निर्माण सामग्रीको अभाव झण्डै दुई महिना पहिले शुरु भएको हो । निर्माण सामग्री अभावले काठमाडौँ उपत्यकाका विस्तारित र निर्माणका क्रममा रहेका सडक अवरुद्ध बनेको विभागले जनाएको छ । कतिपय सडक पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण सामग्री नहुँदा नसकिने अवस्था आएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्रै ढुङ्गाखानी बन्द भए काभ्रेपलाञ्चोक वा धादिङको विकल्प खोज्न सकिने भए पनि देशभर ठप्प भएकाले निर्माण अघि बढाउन नसकिएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एक–दुई हप्तामा सकिने काम पनि उसै रहेको छ ।” लामो समयसम्म कोभिड–१९ को सङ्क्रमणका कारण सडक निर्माणमा असर गरेकामा सङ्क्रमण कम हुँदै गर्दा देशभर निर्माण अघि बढिरहेको थियो । गत आवमा नै सम्पन्न गर्ने लक्ष्य राखिएका सडकमध्ये कतिपय कोभिडकै कारण सम्पन्न हुन सकेनन् । अहिले ती सडकको निर्माण अघि बढाइएको भए पनि निर्माण सामग्री अभावको समस्या थपिएको छ ।
निर्माण सामग्रीको अभाव राष्ट्रिय राजमार्गदेखि स्थानीय सडक निर्माणमा समेत पर्न थालेको देख्न सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्माण सामग्री अभाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्