सामुदायिक प्रहरीको आयोजनामा जनचेतनामूलक वृहद साईकल र्याली हुने
चितवन । चितवनमा भोली (सोमबार) सामुदायिक प्रहरीको आयोजनामा साइकल र्याली हुने भएको छ ।
प्रत्यक महिना एक सय स्थानमा एक सय साझेदारी कार्यक्रम सञ्चालन र प्रत्यक एक घरमा एक साझेदार निर्माण गर्ने लक्ष्य सहित समुदाय प्रहरी साझेदारी कम्युनिटी पुलिस पार्टनरशीप (सिपिपी) अन्तर्गत भोली (सोमवार) जनचेतनामूलक वृहद साईकल र्यालीको आयोजना हुने भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साईकल र्यालीमा सहभागी हुनेले स्यानिटाइजरको प्रयोग गरी मास्क लगाएर मात्र सहभागी हुनुपर्ने चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साँढे ७ बजे जिल्ला प्रहरी कार्यालय चितवनवाट सुरु हुने उक्त र्याली चौबीसकोठी, पिपल चोक यज्ञपुरी, धर्मचोक, शहिदचोक, पुल्चोक, पोखरा बसपार्क, आँपटारी, मालपोत चोक हुँदै पुन: जिल्ला प्रहरी कार्यालयको परिसरमा आएर टुंगिने जनाईएको छ । र्यालीमा मातहतका प्रहरीका तर्फबाट सिनियर प्रहरी अधिकृतहरुको मात्रै सहभागीता रहने जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##साइकल_र्याली #सामुदायिक_प्रहरी #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्