काठमाडौं–५ मा नेकपा ओली निकट भेला सम्पन्न
सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी
काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरेका छन् ।
पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै पोखरेलले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरेका हुन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
‘निर्वाचन आयोगमा त्यसको प्रक्रिया चलिरहेको छ’, पोखरेलले भने, ‘तपाईंहरुलाई म जिम्मेवारपूर्वक भन्न चाहान्छु– केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुन्छ र सूर्य चिह्न पनि यही पार्टीले पाउने छ ।’
पार्टी र पार्टीको चिह्नबारे कुनै पनि द्विविधा नराख्न पनि उनले कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । उनले भने, ‘हामी हार्दा पनि यही रहन्छौं र जित्दा पनि यहीँ रहन्छौं ।’

क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा ओली निकट भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्