काठमाडौं–५ मा नेकपा ओली निकट भेला सम्पन्न
सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी
काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरेका छन् ।
पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै पोखरेलले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरेका हुन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।
‘निर्वाचन आयोगमा त्यसको प्रक्रिया चलिरहेको छ’, पोखरेलले भने, ‘तपाईंहरुलाई म जिम्मेवारपूर्वक भन्न चाहान्छु– केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुन्छ र सूर्य चिह्न पनि यही पार्टीले पाउने छ ।’
पार्टी र पार्टीको चिह्नबारे कुनै पनि द्विविधा नराख्न पनि उनले कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । उनले भने, ‘हामी हार्दा पनि यही रहन्छौं र जित्दा पनि यहीँ रहन्छौं ।’

क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा ओली निकट भेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्