चितवन प्रहरीको एक्सन : १३१ जना फरार अभियुक्त पक्राउ
चितवन । चितवन प्रहरीले फरार अभियुक्तहरुलाइ पक्राउ गर्ने अभियानलाई तीब्र पारेको छ । (एसपी) नान्तीराज गुरुङले जिल्लाको कमान्ड सम्हालेपछि फरार अभियुक्तलाइ पक्राउ गर्ने पहिलो प्राथमिकता अनुसार जिल्ला समेत गरेर मातहतका विभिन्न इकाइहरुले विभिन्न समयमा फरार रहेका १३१ जना अभियुक्तहरु लाइ पक्राउ गरेको हो ।
उनीहरु पाँच महिनाको अवधिमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) नान्तीराज गुरुङका अनुसार फैसला कार्यान्वयनका क्रम्मा आर्थिक वर्ष ०७७\७८ को हालसम्म १३१ जना फरार अभियुक्त पक्राउ परेको बताए । गत, अर्थिक वर्ष २०७६\७७ मा कुल १६७ जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
विभिन्न समयमा अदालत र प्रशासन कार्यालयबाट दोषी ठहर भएका तर, समयमा पक्राउ पर्न नसकिएकाहरु मध्यबाट १३१ जनालाई पक्राउ गरिएको हो । ‘पक्राउ गरेकालाइ कैद भुक्तान र जरिवाना असुलीका लागि जिल्ला अदालत र जिल्ला प्रशासनमा पठाउने गरिदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##फरार_अभियुक्त #पक्राउ #प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्