प्रहरी सुदृढीकरणको पहिलो अभ्यास : विभिन्न युनिटका १८ जना असई र सईको फेरबदल
चितवन । चितवन प्रहरीले विभिन्न मातहतका युनिटहरुको फेरवदल गरेको छ । लामो समयदेखी अड्डा जमाएर बसेका मातहतका विभिन्न इकाइका १८ जना प्रहरी कर्मचारीहरुको फेरबदल गरिएको हो ।
यसरी परिवर्तन हुनेहरुमा जुनियर प्रहरी अधिकृतहरु मात्रै रहेका छन् । असई र सईलाइ ब्यापक रुपमा परिवर्तन गरिएको स्रोत बताउँछ । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले प्रहरी सुदृढीकरणको पहिलो अभ्यास स्वरुप युनिटका इकाइहरुको परिवर्तन गरिएको हो ।
ती प्रहरी स्रोत भन्छ : अहिलेका प्रहरी प्रमुखलाइ कुनै लोभलालच नभएकोले पनि ब्यापकमात्रामा सरुवा गरिएको हुन सक्छ । उनी थप्छन् : चितवनले यस्तो प्रहरी प्रमुखको नेतृत्व पाउन मुस्किल छ, उनले थपे ।
मातहतका युनिटहरुको परिवर्तन गरिए पनि एसपी नान्तीराज गुरुङको कार्य ब्यस्तताका कारण अहिले रवाना भने दिइएको छैनन् भने, सबै प्रहरी कर्मचारीलाई “स्ट्यान्ड बाइ” बस्न निर्देशन दिइएको छ । अहिले १८ जना प्रहरीहरु “स्ट्यान्ड बाइ” बसिरहेका छन् ।
यस्तै, सरुवा भइसकेका अधिकांश प्रहरीहरुको दरबन्दीमा रवाना हुने क्रम समेत तीब्र रहेको स्रोत दाबी गर्छ । स्रोत भन्छ : पावर र भन्सुनको आडमा लामो समयदेखी एकछत्र राज गर्दै बसेका केही कर्मचारीलाइ दरबन्दीमा रवाना गर्ने क्रमले समेत यतिबेला तीब्रता पाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##सरुवा #चितवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्