कुखुरापालक किसानले पाउन थाले उचित मूल्य
लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महिना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगले चल्लाको उचित मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार आज उद्योगले रु ७० प्रतिगोटा ब्रोयलर चल्ला बिक्री गरेका छन् ।
उहाँका अनुसार कोरोना सङ्क्रमणको समयमा झण्डै पाँच महिना चल्ला बिक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा रु १२५ र ब्रोयलरको रु ७० मा बिक्री भइरहेको छ । किसानले चल्ला राख्न थालेपछि बिक्री हुन थालेको हो । नेपालमा ३२४ वटा ह्याचरी उद्योग छन् । हाल सातामा ३० देखि ३५ लाख ब्रोयलर चल्ला उत्पादन हुने गर्दछ ।
यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाइ छ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उहाँको भनाइ छ । उत्पादन राम्रो हुँदा ब्रोयलर चल्लाको लागत मूल्य रु ५६ पर्ने सङ्घको तथ्याङ्कमा उल्लेख छ । अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट (३० गोटा) रु ३४५ मा बिक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य रु ११.५३ हो ।
किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताउनुभयो । तीन वर्ष अघि प्रतिक्रेट रु ३६० पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो । कोरोना सङ्क्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उहाँले बताउनुभयो । अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ । हाल देशभरमा दुई हजार ७०० किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको सङ्घको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ । नेपाल दाना अण्डा वितरक सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो रु ३३० मा बिक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य रु २१० कोे हाराहारीमा पाएका छन् ।
लागत मूल्यभन्दा बढी भएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको समयमा जिउँदो कुखुरा रु ९० प्रतिकिलोमा बिक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, “कुखुरा पाल्ने किसानको लागत मूल्यभन्दा बढी आम्दानी होस् भनेर हामीले आम जनतालाई मासु र अण्डाको बारेमा प्रचारप्रसार समेत गरेका छौं ।” कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो रु सात र भटमासमा रु १२ वृद्धि भएको उहाँले जानकारी दिनुभयो । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढे पनि किसानको अवस्था हेरेर दानामा रु तीन प्रतिकिलो बढाइएको उहाँले जानकारी दिनुभयो ।
दानाको अधिकांश कच्चापदार्थ भारतलगायत देशबाट आउने गर्दछ । जसका कारण मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । नेपालमा कुखुराजन्य व्यवसायमा अर्बौको लगानी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कुखुरापालक किसान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्