ओलीलाई गृहमन्त्री रामबहादुर थापाको साथ
काठमाडौं, ९ पुस । तटस्थ बसेका नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले आफूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपालाई साथ दिने अन्तिम तयारीमा छन् ।
प्रधानमन्त्री ओलीसँग बुधबार भेटवार्ता गरेका थापाले आफू निकटका नेताहरूसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई साथ दिन नसकिने जनाएको स्रोतले जनाएको छ ।
गृहमन्त्री थापाले ओलीलाई साथ दिन लागेको समाचारको उनको सचिवलयले पुष्टि भने गरेको छैन ।
नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले गृहमन्त्री थापासँग ओलीलाई साथ दिएर सँगै जान नसकिने बताएका छन् । बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा खरेलले लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’
खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएको बताएका छन् ।
गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले थापाले ओलीलाई साथ दिन लागेको जानकारी पाएको बताएका छन् । केसीले आफू ओलीलाई साथ नदिने बताएका छन् ।
गृहमन्त्री थापानिकटका नेताद्वय देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड समूहमा सहभागी भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओलीलाई गृहमन्त्री रामबहादुर थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्