लागूऔषध सहित कास्कीका गुरुङ चितवनबाट पक्राउ
चितवन । चितवनबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्बर १ रामनगरमा नारायणगढ बाट मुग्लिङतर्फ जाँदै गरेको ग. १८. प. ५९०० नम्वरको मोटरसाइकल दुर्घटना भएको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामनगरवाट खटिएको प्रहरीको टोलीले लागूऔषध डाईजेपाम ३०० एम्पुल, व्यूप्रिनोफिर्न ३०० एम्पुल र फेनेरगन ३०० एम्पुलसहित कास्की पोखरा महानगरपालिका वडा नम्वर २७ बस्ने बर्ष ३१ को सुवास गुरुङलाइ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घट्ना भएको भन्ने जानकारी पछि प्रहरीको टोली घट्नास्थलतर्फ गएको थियो, टोली त्यहाँ पुग्दा दुर्घट्ना भएको भनिएको मोटरसाइकल पल्टिएको आवस्थामा रहेको र चालक गुुुुुरुङले पछाडी बोकेको झोला चोकजाँच गर्ने क्रममा लुकाइराखेको अवस्थामा उक्त लागूऔषध फेला परेको चितवन प्रहरीका प्रमुख (एसपी) नान्तिराज गुरुङले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्