मन्थनमा सामाजिक विभेद बारेको उपन्यास निहारिकाको चर्चा
मन्थनको पुस महिनाको श्रृंखलामासामाजिकविभेदबारे लेखिएको उपन्यास निहारिकाबारे लेखक र तारकेश्वरका साहित्यकर्मीहरु बीचअन्तरक्रियाभएको छ ।
उपन्यासकार प्रकाशतिवारीले निहारिका भित्रको संक्षिप्तकथालाई प्रष्ट्याउँदै आफूलेसामाजिक परिवर्तनमा सघाउ पुर्याउने उद्देश्यले यस उपन्यास लेखेको बताउनु भयो । उपन्यासमापात्रहरुको गतिविधि र दन्दमात्रनभई हिन्दु धर्ममाआधारित वर्ण व्यवस्था, दलितको अवस्था, जातियविभेदले भोग्नुपरेको सामाजिकअवहेलना, एउटा अमर प्रेमकथालाई उठाएको बताउनुभयो ।
उहाँले कुनै एउटा अपहेलनामा परेको व्यक्ति संघर्षबाट शक्तिमापुगेपछि तिनै तिरस्कृत व्यक्तिहरुलाई समाजले कसरी हेर्छ भन्ने कुरालाई उपन्यासकापात्रदारा प्रष्टायाउनु भएको छ । नेपाली समाजले भोग्नु परेको जातियविभेदलाई व्यवहारत कमगर्नमाउपन्यासले सघाउन सके यो प्रयास सार्थक हुने विश्वास उहाँले व्यक्तगर्नुभयो ।
कार्यक्रममामनमैजु साँस्कृतिक समाजका साहित्यविभागप्रमुख घनश्यास पुडासैनीले उपन्यासले उठान गरेको सामाजिकविभेदका सवालनिकै ज्वलन्तभएको र लेखकको अत्यन्तै महेनतपरेको बताउनु भयो । यसलाई पाठ्यक्रमका सन्दर्भ सामग्रीका रुपमा समेटन सके नेपाली समाजमादलितले भोग्नु परेको सवालबारे बुझ्न सहजहुने धारणा राख्नुभयो । समीक्षक पुडासैनीले उपन्यासले प्रकृति चित्रण गरेको, प्रगतिवादी सोच राखेकोहुँदा लेखकलाई धन्यवाददिनुभयो ।
कार्यक्रममागोलढुंगा साहित्य परिषदकाअध्यक्ष देवेन्द्र अर्याल आँसुले उपन्यास सामाजिकविषयमा घटना प्रधान रहेको तथा अमर प्रेमकथामाआधारित रहेको बताउँदै उपन्यासले विद्रोहको विषय उठाएर कौतुहलताजगाउन सफल रहेको बताउनु भयो । उहाँले स्थानीयतहमाबोलिने भाषातथालवजमा लेखिएकोले पढ्नमा सरल रहेको बताउनुभयो ।

कार्यक्रममामन्थनका संचालकश्रीराम फुटुगेले समग्रमाउपन्यासले समानताको मुद्धा उठाएको बताउँदै साहित्यकर्मीहरुले यस्तो गहनविषयलाईसरल तवरमा प्रस्तुत गरेर मानवमानवबीचमाहुने विभेदको अन्त्यमा एउटा प्रेरणादायी उपन्यास बन्न सकेको बताउनु भयो । सोहीअवसरमापत्रकार जीवनधमलाले आफूले उपन्यास दुई चोटी पढेको बताउँदै कतिपय घटनामा आँसु थाम्ननसकेको सुनाउनु भयो ।
निहारिका अघिल्लो साल छापिएको सामाजिकतथा एक अमर प्रेम कथामाआधारित उपन्यास हो । एक दलितजातीकायुवामोहनसँग ब्राम्हण जातीकीशारदावीचको चिनजान, मायाप्रेम त्यसपछि विवाहका चरणसम्म उनीहरुले आफ्नो परिवार र समाजबाट भोग्नु परेको व्यवहारवीचको कथाहो ।
कार्यक्रममातारकेश्वर निवासी साहित्यकर्मी तथा साहित्य अनुरागीहरु सहभागीभई उपन्यासबारे जिज्ञासा राख्नु भएको थियो । उपन्यासकार तिवारीले आफू चौथो उपन्यासको तयारीमा रहेको र मन्थनमागरिएको छलफलले थपहौसलामिलेको बताउनु भयो ।
मन्थनको आगामीश्रृंखलाआउँदो माघ ३ गते आध्यात्मिकजीवनदर्शन र तारकेश्वरको शान्तिधामबारे चर्चा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निहारिका, #मन्थन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्