भू–माफिया र सरकारी जग्गा हड्प्नेहरुका विरूद्ध आक्रामक शैलीमा वडाअध्यक्ष ढकाल
शोभा तामाङ्ग
काठमाडौं ,पुस २।टोखा ५ का अतिक्रमित जग्गा संरक्षण कार्यमा वडा कार्यालय लागेको छ । वडाअध्यक्ष जगन्नाथ ढकालले यतिबेला आफ्नो वडा भित्र भू–माफिया र शक्तिको आडमा सरकारी जग्गा हड्प्नेहरुका विरूद्ध आक्रामक शैलीमा अतिक्रमित जग्गा संरक्षण अभियान चलाएका छन् । जग्गा नापजाँच गर्ने कार्यमा नापीका अमिनसँगै वडा अध्यक्ष आफैं खटिएका छन् । उनले धापासी देबिमार्ग छेउमा नापी कार्यालयको सहयोगमा नापजाँच गरि जग्गामा तारबार गर्ने कार्य सुरु गरेका छन् ।
यसभन्दा अघि कल्कि मन्दिर, चन्द्रबिन्दु स्कुलदेखि बासुदेब मार्गसम्म पनि सार्वजनिक जग्गा पहिचान गरि रेखाङ्कन गर्ने काम भइसकेको छ । टोखा–५ का वडा अध्यक्ष जगन्नाथ ढकालकाअनुसार आफुहरुले आफ्नो क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाहरु संरक्षण गरि स्थानीय बासीहरुसँग सहकार्य गर्दै उचित संरक्षण र संर्वद्वन गरि प्रयोगमा ल्याइने जानकारी दिनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #अतिक्रमित जग्गा संरक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्