प्लटिङ तथा बालुवाकाे अबैध उत्खननका बारेमा समाचार लेख्दा ज्यान मार्ने धम्की
बुढानिलकण्ठ नगरपालिकामा भैरहेका अबैध बालुवा उत्खनन् तथा डाँडाे भास्ने, खाेला मास्ने विषयमा लगातार कलम चलाइरहेका काठमाण्डु खबरका प्रधान सम्पादक केशवराज पाठकमाथि ज्यान मार्ने धम्की आएकाे छ ।
पुष १ गते बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित काैडाेलमा रहेकाे एक प्लटिङ नजिक वनमा दुइजना मुखुण्डाे लगाएका मानिसले याे प्लटिङ हाम्राे तैँले ज्यान फाल्न निहु खाेजिस् अब के के हुन्छ हेर्दा जा भनेर धम्की दिएका थिए । कालाे रंगकाे २८२९ नम्बरकाे मधुर अक्षरले लेखिएकाे माेटर साइकलमा बाटाे ढुकेर बसेका दुइजना नै हरियाे रंगकाे उनीकाे नकाब लगाएका थिए । एकजनाले कालाे रंगकाे लामाे ज्याकेट लगाएकाे थियाे भने एकजना हरियाे रंगकाे ज्याकेट लगाएकाे थियाे ।
उनीमाथि ज्यान मार्ने धम्की दिँदै दुइजना नै तारेभीरतिर लागेका थिए । धम्की दिएपछि पाठकद्वरा स्थानीय प्रहरी प्रशासनमा शान्तिसुरक्षाकाे लागि निवेदन दिएका छन् । त्यसैगरी स्थानीय नगरपालिकामा पनि मेयर लगायतलाइ याे बारेमा जानकारी दिएका थिए । पाठकले नियमितरूपमा वन, वनपैदावार तथा वन्यजन्तुकाे संरक्षणका बारेमा लेख्दै आउँदा धेरै प्लटिङ एवम् बालुवा धुने काम गर्नेहरूलाइ असहज भैरहेकाे थियाे ।
बुढानिलकण्ठ १३ काैडाेलकाे प्लटिङबाट बालुवा बेचिएकाे र साेका कारण वातावरण एवम् भाैगाेलिक अबस्थामा समस्या आउने भनेर राेकि पाठकले आफैले स्थानीय नगरपालिका तथा जिल्ला वन कार्यालयमा निवेदन दिएका थिए ।
यस बारेमा बुढानिलकण्ठ प्रहरी प्रभागमा शान्तिसुरक्षाकाे मागसहित पाठकले निवेदन दिएका छन् भने नगरपालिका मेयर तथा उपमेयरलाइ ज्यान मार्ने धम्कीका बारेमा जानकारी दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #समाचार लेख्दा ज्यान मार्ने धम्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्