गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु
गोकर्णेश्वर ,कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकामा पत्रकारिता तालिम शुरु भएको छ। मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा शुरु भएको तालिममा तिन नगरपालिकाका सबै वडा बाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ।
सो तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह ,संघियता ,नेपाली कम्युनिस्ट आन्दोलन लगायतका विषयमा बरिस्ट प्रशिक्षकहरुले प्रशिक्षण दिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका उपाध्यक्ष उद्दव भण्डारीले जानकारी दिएका छन।
उक्त तालिम उद्घाटनमा तालिमको उदेस्य माथि प्रकास पार्दै मदन भण्डारी फाउन्डेसनकी केन्द्रिय सचिव पेम्बा लामाले स्थानीय तहका सकारात्मक र सृजनात्मक कामहरुलाई संचार माध्यम र सामाजिक संजाल मार्फत व्यवस्थित प्रचार गर्ने जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताएकी छन।
पहिलो चरणमा बुढानिलकण्ठ ,टोखा र तारकेश्वर नगरपालिकामा पत्रकारिता तालिम सम्पन्न गरिएको जानकारी दिदै तालिम व्यवस्थापन समितिका संयोजक इन्द्र डंगोलले पौष १ गते बाट काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाको तालिम शुरु हुने बताएका छन।
काठमाडौं जिल्लाका ११ वटै पालिकाका १३८ वटै वडाका प्रशिक्षार्थीहरुको सहभागितामा हुने तालिममा आधारभूत पत्रकारिता ,स्थानीय तह र नेपालको कम्युनिस्ट आन्दोलन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
सुशासन र समृद्धिका लागि संचार अभियानका रुपमा छ दिन शैदान्तिक र तिन महिना प्रयोगात्मक रुपमा संचालन हुने तालिमको अन्तिम चरणमा दक्षिणकाली ,चन्द्रागिरी र किर्तिपुर नगरपालिकामा तालिम संचालन हुने आयोजकले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारिता तालिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्