सभामुख सापकोटाको गैरसंवैधानिक व्यवहारका कारण संवैधानिक परिषद बैठक प्रभावित
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको गैरसंवैधानिक व्यवहारका कारण संवैधानिक परिषद बैठक प्रभावित बनेको छ । निष्पक्ष र तटस्थ रहनुपर्ने पदीय भूमिकामा रहेपनि सभामुख सापकोटा भने पार्टी भित्र गुटको इशारामा चलेका छन् । सोही कारण उनी मंगलबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा सहभागी भएनन् ।
सापकोटालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए । नेकपाभित्र विभाजनको प्रयासमा लागेको माधव नेपाल प्रचण्ड समूहको पक्षधरता लिँदा परिषद बैठक अघि बढ्न सकेन ।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित विहानको बैठक सापकोटाको अनुपस्थितिका कारण साँझ ५ बजेलाई सारिएको छ ।
सभामुखले लगातार दुई पटक परिषद्को बैठक बहिस्कार गरेका छन् । यो संवैधानिक दायित्वको उल्लंघन हो । सभामुख भएपछि दलको आवद्धता समेत त्याग्नु पर्ने पदमा बसेका उनले गुटको कार्यकर्ताका भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा उनको ब्यापक आलोचना भइरहेको छ ।
उनले कि सभामुख पदत्याग गर्नु पर्यो, कि गुटको सदस्यता ? भन्दै प्रश्न उठाउन थालिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद ६ सदस्यीय हुने संविधानले परिकल्पना गरेको छ । परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् ।
सभामुख चयन भइसकेपछि तटस्थताका लागि कुनै पनि दलमा आवद्धता राख्न मिल्दैन । त्यसैले नै दलमा रहेको जिम्मेवारीबाट राजिनामा दिई स्वतन्त्र रहनुपर्छ । सभामुख आफै कुनै एउटा दलको, त्यसमा पनि कुनै गुटको इशारामा काम गर्न थाल्ने हो भने संसदमा तटस्थता कसरी रहला ? आजको उनको कार्यशैलीबाट प्रश्न उब्जिएको छ ।
सदस्यहरुबीचकै खिचलोको कारण लामो समस्यसम्म परिषद बैठक बस्न सकेको छैन । जसका कारण अख्तियार, निर्वाचन, मानवाधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगका ४५ वटा पद रिक्त छन् । नियुक्ति नै हुन नसकेपछि ती सबैको काम कारवाही समेत प्रभावित भएका छन् ।
बैठकमा सहभागी भई आफ्नो मत राख्न छोडेर सभामुख सापकोटाले पटक पटक अनुपस्थिति देखाई ती संवैधानिक आयोगलाई समेत पंगु बनाउन खोजेका छन् । ‘कम्तीमा पदको मर्यादा, गरिमा राख्न बैठकमा गएर आफ्ना सहमति, असहमति राख्न सकिन्थ्यो । एउटा नेताले भनेको भरमा सापकोटाले आफू सभामुख पदमा छु भन्ने विर्सिएको जस्तो छ’, संवैधानिक कानुनका ज्ञाता एक कानुन व्यवसायीले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अग्निप्रसाद सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्