माडीका प्रहरी प्रमुख झलकको एक्सन: भन्सार छली औषधी सहित ८ जना पक्राउ
चितवन । चितवनमा भन्सार छली ल्याउँदै गरेको करीब ३१ लाख मूल्य बराबरको औषधी सहित ८ जनालाई माडी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमान्डमा खटिएको प्रहरीको टोलीले आज बिहान ८:४० बजे माडी नगरपालिका वडा नं.९ सोमेश्वरमा ठोरीबाट माडी तर्फ आउँदै गरेको ना ४ ख ४४२५ नम्बरको सार्वजनिक यातायात रोकेर चेकजाँच गर्ने क्रम्मा नेपाल भित्र्याइएको विभिन्न १२ थरीका औषधीसहित ८ जनालाई पक्राउ गरेको हो ।


सो गाडीमा सवार राजकुमार महतोले गाडीको पछाडी डिक्कीमा बोरामा राखी ल्याएको अवस्थामा बिभिन्न किसिमका औषधीहरू फेला पारी बरामद गरेको थियो । अनुसन्धानको क्रममा माडी ३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाईराखेको अवस्थामा बिभिन्न किसिमका थप औषधीहरू फेला पारी बरामद गरिएको हो ।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं.४ बस्ने बर्ष २८ को राज कुमार महतो, माडी नगरपालिका वडा नं.३ बघौडा बस्ने बर्ष २२ को बालकृष्ण महतो र बर्ष २२ कै मिलन महतो, कालिका नगरपालिका वडा नं.३ बस्ने बर्ष ३१ को हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका वडा नं.८ बस्ने बर्ष २५ को सुरज गौतम, वडा नं.३ बस्ने बर्ष २३ को प्रकाश दाहाल, हेटौडा उपमहानगरपालिका वडा नं.५ बस्ने बर्ष २५ को उज्वल पोख्रेल, हेटौंडा उपमहानगरपालिका वडा नं.२३ बस्ने बर्ष २३ को बिपिन सापकोटा रहेका छन् । उनीहरु सबै बिद्याथी हुन् ।
पक्राउ परेकाहरुलाइ आवश्यक अनुसन्धान तथा कारबाहीको लागी औषधी व्यवस्था बिभागसंग समन्वय भईहेको प्रहरीले जनाएको छ । उक्त औषधिहरु नेपालमा प्रतिबन्धित नेट ओर्किङ बिजनेशमार्फत सर्बसाधारणलाई ठगी गर्ने गरी बिक्रिवितरण गर्नको लागी ल्याईएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्