ललितपुर महानगरपालिकाद्वारा ४ अर्ब ६१ करोडको बजेट पारित
ललितपुर– आगामी आर्थिक वर्ष ०७५र७६ का लागि ललितपुर महानगरपालिकाले करिब ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ।
महानगरपालिकाको दोस्रो नगरसभाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको हो। नगरसभाबाट पारित निर्णय सोमबार मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पुँजीगततर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर गरिएको उल्लेख गरिएको छ।ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्षको चैतभन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ। स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत अगाडि असुल गरिएको घर बहाल कर महानगरलाई तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको मेयर महर्जनले जानकारी दिए।
महानगरपालिकाले वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान चलाउने योजना पनि अघि सारेको छ। महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ। त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका भूकम्प प्रभावितहरुको लाभग्राहीको नाम सूचीमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताए।
मापदण्ड विपरीत निर्माण भएका भवनहरुलाई पनि करको दायरा भित्र ल्याउने योजना अघि सारिएको छ । महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ।
कार्यक्रम सताब्दि पुरुष डा। सत्य मोहन जोशीको प्रमुख आथित्यता माझ् सम्पन्न भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ललितपुर महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्