अब राजतन्त्र फर्कन सक्दैन ः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र नर्फकने दाबी गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले गइसकेको राजतन्त्र ल्याउँछु भन्ने कुरा विद्युत्को विकल्पमा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभयो ।
“हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो”, मुख्यमन्त्री गुरुङले भन्नुभयो । उहाँले कोरोना सङ्क्रमणले समस्या मात्रै हैन, अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गराउन कोरोनाले अवसरसमेत दिलाएको बताउनुभयो । “कोरोनाले अत्यन्तै समस्या ल्यायो, हामी सबैलाई निराससमेत बनायो”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “कोरोनापछि स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ, अस्पताल निर्माण हुनेछन्, आगामी दिनमा थाल खानेकी भात खानेको अवस्था आउनेछैन ।
” मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले जनतालाई छिटोभन्दा छिटो विकास दिन खोजेको भन्दै विकास र सुशासनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । तीन तले सो भवन रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको हो ।
महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पृथ्वी सुब्बा गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्