तारकेश्वर नगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण शुरु
तारकेश्वर नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका लागि घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै सुविधा दिने उद्देश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख जनाद्र्धन अधिकारीले जानकारी दिनुभयो ।
घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम नगरपालिकाको ११ वटै वडामा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । यस कार्यक्रमका लागि स्वास्थ्य चौकीका प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । अब नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा तथा जोडोमा न्यानो कपडासमेत पनि वितरण गर्ने बताएको छ ।
स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन नगरपालिकाले छ वटा शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा÷एउटा ल्याबसहितको स्वास्थ्य चौकी सञ्चालन गरिरहेको छ । आगामी दिनमा महामारी, दैवीप्रकोपजस्ता असाधारण समयमा तत्काल सेवा प्रदान गर्न आकस्मिक स्वास्थ्य कोष स्थापना गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण शुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्