सर्वोच्चको आदेश प्रहरी र तारकेश्वर नगरपालिकाले मानेन, स्थानीयबासी आन्दोलनमा
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेश अटेरी गर्दै महादेवखोलामा पर्खाल लगाउने काम अघि बढाइएको भन्दै बालाजु क्षेत्रका स्थानीयवासी आन्दोलित भएका छन् ।
काठमाडौं महानगरपालिका–१६ र तारकेश्वर नगरपालिकाको सीमा महादेव खोला किनारमा निर्माण थालिएको मेशनरी वालले महानगरतर्फका दर्जनौँ परिवार बिस्थापित हुने अवस्था सिर्जना भएको स्थानीयवासीको भनाइ छ ।
तारकेश्वरतर्फको सरकारी जग्गा व्यक्तिको नाममा पारेर महानगरको जमिन मिच्दै खोलामा पर्खाल लगाइएको स्थानीय जनक अधिकारी बताउँछन् । बराबर दुरी कायम नगरी एकतर्फी निर्माण गर्दा महानगरतर्फका दर्जनौं घरपरिवार विस्थापित हुने अवस्था आएको उनले बताए ।
‘खोलामा पर्खाल निर्माणबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ’, उनले भने, ‘तत्काल निर्माण कार्यअघि नबढाउन भएको अन्तरिम आदेश पनि उल्लंघन गरिएको छ ।’
काठमाडौं महानगर–१६, बसन्तनगर र तारकेश्वर नगरपालिकाको सीमा महादेवखोला किनारमा नगरपालिकाले खोलाको केन्द्रबाट समदुरी कायम नगरी महानगरतर्फका व्यक्तिहरूको सम्पत्ति गुम्नेगरी सडकसहितको मेशनरी वाल बनाउन थालेको स्थानीयको दाबी छ ।
सर्वोच्चको आदेश प्रहरी र नगरपालिकाले मानेन
दुई स्थानीय तहको सीमामा विविदित निर्माण कार्य तत्काल रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश भए पनि नगारपालिका र स्थानीय प्रहरीले त्यसको पालना नगरेको आरोप स्थानीयवासीको छ । तत्काल निर्माण कार्य रोक्न सर्वोच्च अदालतले गत ५ असोजमा अन्तरिम आदेश जारी गरेपनि सोको पालना नभएको स्थानीय बच्चु शर्माले बताए ।
स्थानीय श्यामकृष्ण फुयाँलसहितले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले तत्काल निर्माण कार्य नगर्नू, नगराउनू भनि अन्तरिम आदेश जारी गरेको शर्माको भनाइ छ । सर्वोच्चको आदेश पालना गराउन प्रहरी बृत्त बालाजु र तारकेश्वर नगरपालिकामा पटक पटक निवेदन दिएपनि त्यसको पालना नभएको स्थानीय पार्बती पौडेलले बताइन् ।
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा महानगरतर्फकाले लगाएको आरोप निराधार भएको दाबी गरे । नगरपालिकाले आफ्नो बजेटबाट सामान्य बाटो बनाउन लगाएको पर्खालमा अनावश्यक बखेडा झिकिएको उनको भनाइ छ । उनले भने, ‘कसैलाई पनि अन्याय हुनेगरी निर्माण गरिएको छैन ।’
मेयर बोहराले निर्माण रोक्ने सम्बन्धमा सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको कुरा आफूलाई जानकारी पनि नभएको बताए । विषय अदालत गएको भए उतै प्रतिवाद गर्ने उनले बताए ।
यता महानगरीय प्रहरी बृत्त बालाजुले दुई स्थानीय तहको सीमा विवादको समाधान प्रहरीबाट नहुने जनाएको छ । समस्या समाधान गर्न दुई स्थानीय तहलाई जानकारी गराइएको र आफूहरूबाट सर्वोच्चको आदेश उल्लंघन नभएको बृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले बताए । – अनलाइनखबरबाट साभार





क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्