तारकेश्वर नगरपालिका भित्रको विद्यालय आइतबारदेखि खुल्ने
काठमाडौं । तारकेश्वर नगरपालिका भित्रको विद्यालय आइतबारदेखि खुल्ने भएको छ। कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय खुल्न लागेका हुन् ।
सरकारले तयार गरेको विद्यालय सञ्चालनको कार्य ढाँचा २०७७ अनुसार स्थानिय तहको अनुमतिमा विद्यालयहरु खुल्न लागेका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर कक्षा ८ भन्दामाथिको कक्षाहरु सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन विहान र दिउँसो दुईसिफ्टमा हप्ताको ३ दिन आलोपालो गरि सञ्चालन गर्न पाइनेछ ।
जनस्वास्थ्य एवम सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गर्न सक्ने गरि निजी तथा आवसीय विद्यालय संगठन प्याप्सन र एनप्याप्सलले अनुमति दिएको अनुसार कक्षा सञ्चालन गर्न लागेको शनिवार एञ्जेल हार्ट स्कूलमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका भित्रको विद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्