सामाखुशीबाट ११ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
काठमाडौंको सामाखुशीबाट ११ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँ तालघरे स्थायी घर भई हाल सामाखुशी बस्ने ३० वर्षीय प्रवीण कैनी, गोरखा भिमसेनथापा गाउँपालिका घर भई हालस म्हेपी बस्ने ३३ वर्षीय इशान थापा, गोरखा मकैसिं घर भई हाल पवित्रनगर बस्ने खिलबहादुर अधिकारी र गोरखा घर भई हाल बनस्थली बस्ने ३० वर्षीय राजु ढकाल रहेका छन।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको एक टोलीले सामाखुशीबाट तनहुँ र गोरखा घर भई हाल राजधानी बस्ने चारजनालाई उक्त परिमाणको ब्राउन सुगर, तौल लिने मेसिन र नगदसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४३ हजार नगद पनि बरामद गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जनाएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #ब्राउन सुगरसहित चार जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्