स्थानीय तह सम्म भ्रष्टचार र वेतिथीःकांग्रेस नेता खड्का
संखुवासभा खाँदबारी : नेपाली कांग्रेसका युवा नेता तथा पुर्व राज्यमन्त्री एवम् संबिधानसभा सदस्य माननीय दिपक खड्काले वर्तमान सरकार भ्रष्टचार र व्यत्तिगत स्वार्थमा लागेको बताउनुभयो । प्रेस युनियन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता खड्काले स्थानीय सरकार सम्म भएको भ्रष्टचारले विकास हुन नसकेको आरोप लगाउनुभयो ।
जनताले दिएको मतको अवमुल्यन गदै जनप्रतिनिधीहरु भ्रष्टचार र व्यत्तिगत स्वार्थमा लागेको पत्रकार भेटघाटमा नेता खड्बकाले बताउनुभयो । जिल्लाका स्थानिय सरकार सञ्चालन गरिरहेका जनप्रतिनिधीले विना स्वार्थ काम गर्न नसक्दा पार्टी परिर्वतनको लहर चलेको नेता खड्काको भनाई थियो । स्थानीय सरकार सम्मको वेतिथीबाट जनता आजित भएको नेता खड्काले बताउनुभयो । तीनै तहको सरकारको पाँच वर्षको कार्यकालबाट जनताले विकासको अनुभुत गर्न नसक्ने खड्काको दावी छ । विकास निर्माणको गति सुस्त र अधिकाम्स आयोजनाको काम ठप्प रहेको उँहाको भनाई छ । स्थानीय तहहरुमा जनप्रतिनिधीहरुले आफु निकटका ब्यक्ति तथा कार्यकर्ताहरुलाई उपभोक्ता समिति गठन गरेर अनियमितता गरेको पाइएको नेता खड्काले बताउनुभयो ।

योजना सञ्चालन हुने वडामा आफ्ना कार्यकर्ता नभए अन्य वडाबाट कार्यकर्ता ल्याएर स्थानीय तहरुमा उपभोत्ता गठन गर्ने प्रवृति बढेको खड्काको आरोप छ । नेता खड्काले भने–आगामि चुनाबमा अहिलेका जतप्रतिनिधीलाई जनताले विश्वास गर्ने ठाउँ छैन । पत्रकारहरुले सोधेको प्रश्नमा कांग्रेसले सञ्चालन गरिरहेको जिल्लाका पाँच स्थानीय सरकारमा भएको भ्रष्टचार र वेतिथीका बारेमा जिल्ला पार्टीमा छलफल गर्ने नेता खड्काले प्रतिवद्धता जनाउनुभयो । कांग्रेसले नेतृत्व गरिरहेको स्थानीय तहहरुमा सुशासन कायम गर्दै भ्रष्टचार मुक्त पालिका बनाउन पार्टीले निर्देशन दिदै आएको र आइरहेको समेत जानकारी दिनुभयो । जिल्लाको दश स्थानीय तह रहेको संखुवासभामा पाँच कांग्रेस र पाँच नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुले नेतृत्व गरिरहेका छन् ।
नेकपालाई जनताले पाँच वर्ष सम्म सरकार चलाउन जिम्मेवारी दिएपनि सरकार असक्षम रहेको पुर्व राज्यमन्त्री खड्काले जिकिर गर्नुभयो । ट्रान्स्परेन्सी ईन्टरनेशनलको प्रतिवेदनमा एसियाको भ्रष्टचारी देशमा नेपाल पहिलो नम्बरमा परेको र प्रधानमन्त्रीको नाम उल्लेख भएपछि पदमा बसिरहनुको औचित्य सकिएको कांग्रेस नेता खड्काको भनाई थियो । हाल सम्म सरकारले गरिरहेको गतिविधी बाट प्रतिपक्षी दल सन्तुष्ट नभएकाले अव काग्रेस जनता सम्म पुगेर नेकपा सरकारले गरेका नराम्रा कार्यहरुको खण्डन गदै जाने पनि नेता खड्उकाले बताउनुभयो ।
प्रधानमन्त्रीले संखुवासभा भ्रमण गरे पनि जिल्ला बासीले केही उपलब्धी हाँसील गर्न नसकेको खड्ताकाले बताउनुभयो । उँहाले भन्नुभयो–स्थानीय जनता र दललाई बेवास्ता गरेर गरिएको प्रधामन्त्रीको भ्रमणले जिल्लाले के पायो भन्ने कसैले भन्न सक्दैन । जिल्लामा आधा दर्जन सांसदहरु रहेको भएपनि जिल्लाको विकासमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको खड्काको अरोप छ । जिल्लाको विकास कसरी गर्ने भन्ने विषयमा हामी सँग सल्लाह लिन आउनुहोस्, हामी सल्लाह दिन तयार रहेको खड्काले बताउनुभयो ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्