भाग्यमानी कम्युनिस्ट अर्थमन्त्री
काठमाडाैं, १८ मंसिर । सामान्यतया पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्रीलाई विश्वास गर्दैन । लगानीकर्ताहरू आम कम्युनिस्ट अर्थमन्त्रीहरू खुला बजार अर्थतन्त्रका विरोधी हुने र निजी क्षेत्रलाई हस्तक्षेप गर्न खोज्ने प्रवृत्तिका हुने मान्यता राख्छन् र उनीहरूको कार्यकालमा बजारले गति लिन नसक्ने ठान्छन् । नेपालको पुँजी बजारको इतिहासलाई हेर्दा त्यस्तै देखिन्छ ।
दसवर्षे सशस्त्र युद्ध गरेर संविधानसभाको पहिलो चुनावबाट माओवादी सत्तामा आएपछि पुँजी बजार सशंकित बन्यो । त्यही बेला अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि ठूलो हलचल मच्चियो । लगत्तै उनले ल्याएको बजेटमा सेयर बिक्रीबाट प्राप्त हुने नाफामा लाग्ने करको दर दोब्बर बढाएर १० प्रतिशत बनाए । त्यतिबेला ११ सय २५ को उच्चतम बिन्दुमा पुगेको नेप्से परिसूचक दिनहुँजसो ओरालो लाग्ने क्रम सुरु भयो ।
यो घटनामा मात्र होइन, अन्य बेलामा पनि पुँजी बजारले कम्युनिस्ट अर्थमन्त्री बनेका बेला सहज महसुस गर्दैन । वर्षमान पुन अर्थमन्त्री बन्दा नेप्सेले गणतन्त्र स्थापना भएयताकै न्यूनतम बिन्दु २ सय ९० लाई छोयो । भरतमोहन अधिकारीको पहिलो कार्यकालमा बजार सानो थियो ।
उनको दोस्रो कार्यकालमा पनि बजार उल्लेख्य रूपमा बढ्न सकेन । सुरेन्द्र पाण्डे, कृष्णबहादुर महराका पालामा पनि पुँजी बजार घटबढ भइरह्यो । पछिल्लो समय विज्ञ भनेर चिनिएका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई पनि बजारले विश्वास गर्न सकेन । तर, यो सवालमा अर्थमन्त्री विष्णु पौडेल भने भाग्यमानी ठहरिए ।
कम्युनिस्ट अर्थमन्त्री भए पनि पौडेललाई पुँजी बजारले विश्वास गरिरहेको छ, त्यो पनि दोस्रोपटक । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रित्वकालमा पौडेल अर्थमन्त्री बन्दा पुँजी बजार सूचक नेप्सेले १८ सय ८१ अंकको ऐतिहासिक बिन्दु छोएकोे थियो । पौडेलपछि पनि धेरैजना अर्थमन्त्री भए । तर, पुँजी बजारले सबैलाई विश्वास गरेन । नेप्से परिसूचक घटबढ हुँदै ११ सय बिन्दुसम्म ओर्लियो । लगानीकर्ताले पुँजी बजारलाई माथि उठाउन धेरै कोणबाट आवाज उठाए, रुवाबासी गरे तर अर्थमन्त्रीहरूले सुनेनन् ।
दुई तिहाइको जनमतका साथ विज्ञ भनिएका खतिवडा अर्थमन्त्री हुँदा पुँजी बजारले गति लिने विश्वास गरिए पनि उल्टो भयो । पुँजी बजारबारे बेलाबेलामा आउने खतिवडाका टिप्पणीले बजारलाई घटाउने काम ग¥यो । अर्थमन्त्रीको दोस्रो कार्यकालमा भने खतिवडाको धारणामा परिवर्तन देखाप-यो । निजी क्षेत्र र पुँजी बजारबारे उनले सकारात्मक मात्र भनाइ राखे । परिणाम बजारमा सुधारका केही संकेत देखिए । बालकृष्ण ज्ञवालीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कम्युनिस्ट अर्थमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्