शेयर बजारमा आज नयाँ कीर्तिमान
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस टे«न्ड’लाई पछ्याएको छ । तर, सिमित सङ्ख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आज पनि कायम छ ।
अघिल्ला सातामा जस्तै आज साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । विसं २०७३ मा कायम भएको उच्च अङ्कको वृद्धिलाई पछाडि छाड्दै नेप्से आज झण्डै दुई हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई एक हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ ।
कूल २०० कम्पनीको दुई करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर रु नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११२.३, विकास बैंक १७३.८४, जलविद्युत् २६.६६ वित्त १२.२७, अन्य ०.२७, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र सामूहिक लगानी कोष ०.०५ ले उकालो लागेको छ ।
यस्तै, व्यापार ३५.३७, होटल ७.६८, जीवन बीमा ४५.५५ र उतपादन ३७.२७ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५१ करोड ७९ लाख ९१ हजार ८३७ बराबरको कारोबार भयो । यस्तै, कुमारी बैंक रु ४० करोड ८० लाख ६२ हजार ६५६, नबिल बैंक रु ३३ करोड ५६ लाख सात हजार ८६९, प्रभु बैंक रु ३३ करोड १० लाख ५७ हजार २६१, नेपाल बैंक रु ३२ करोड ४५ लाख ३३ हजार, ग्लोबल आइएमई बैंक रु २७ करोड ९५ लाख ८२ हजार ८७६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २६ करोड ३९ लाख १२ हजार ६२५, शिवु् सिमेन्ट रु २३ करोड ९८ लाख ४२ हजार ९५२ र हिमालयन डिस्टिलरु रु २३ करोड ८९ लाख ४० हजार ९३४ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज ग्रीन डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सनराइज बैंक ९.९२, माछापुच्छ्रे बैंक ९.९२, मुक्तिनाथ विकास बैंक ९.९०, मेगा बैंक ९.८९, नेपाल बंगलादेश बैंक ९.८९, महालक्ष्मी विकास बैंक ९.८८ र प्रभु बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए ।
यसगरी, विशाल बजार कम्पनी १०, आँखु खोला जलविद्युत् कम्पनी ६.२५, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.७९, सनराइज फ्रस्ट म्युचुअल फण्ड ३.७९, पाँचथर पावर कम्पनी ३.२९, ग्लोबल आइएमई लघुवित्त ३.१७, जोशी हाइड्रोपावर ३.१३, महिला सहयात्रा माइक्रोफाइनान्स २.९२ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले २.८६ प्रतिशतले गुमाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्