उच्च सतर्कता अपनाउँदै राष्ट्रकाे बिकास समृद्धिका लागि देश समुन्नति तर्फ उन्मुख हुने : मन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउँदै राष्ट्रकाे बिकास समृद्धिका लागि युद्ध स्तरमा काम गरे देश समुन्नति तर्फ उन्मुख हुने बताएका छन् ।
राजधानीकाे चन्द्रागिरि १५ तीनथानामा सतुंगल डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुदै अगाडि वढ्नु पर्ने बताएका हुन् । मन्त्री भट्टले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्ने बताए । कुनै पनि मुलुकको विकासका निम्ति त्यहाँका नागरिक स्वस्थ हुनुपर्ने बताउँदै भट्टले मानिसलाई स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको समेत दाबी गरे ।
खेलकुदका क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भएपनि आगामी दिनमा यसलाई परिष्कृत गर्दै लैजानुपर्ने मन्त्री भट्टको भनाइ छ । चन्द्रागिरि १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले देशकाे विकास समृद्धका लागि राज्यले शिक्षा,स्वास्थ र खेलकुदकाे विकासमा लगानी गर्न सकेमात्र समृद्धिकाे अाधार तय हुने बताए ।
सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हीतका लागि राज्य अभिभावक बन्नसक्नुपर्ने बताउनुभयो । आफूले नेपालमा कराँतेको विकासका लागि धेरै कार्यक्रम गरिरहेको बताउँदै शाहीले त्यसमा राज्यको उपस्थिति कम रहेको गुनासो गरेका छन।
कार्यक्रममा डाेजाेले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेकाे छ । खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट, आयुशा शाक्य सम्मानित भएका छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारितालगायतका क्षेत्रबाट विशिष्ठ व्यक्तिहरू सम्मानित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेखराज भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्