सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय
सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताउनुभयो । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ ।
बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ । खाँदबारी–वाना सडक खण्डमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सङ्खुवासभामा यही मङ्सिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ ।
चन्द कार्यकर्ताले पछिल्लो समय सङ्खुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बम निष्क्रिय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्