यस्तो छ पार्टी विवाद बारे उपप्रधानमन्त्री पोखरेलको अपील
उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन् ।
पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको तथ्यहिन, आधारहिन र पार्टी एकतामा गम्भिर आँच आउने उदेश्यबाट प्रेरित आरोप अस्वीकार गरेको बाएका छन् ।
वुधबारको सचिवालय बैठकबारे लेख्दै उपप्रधानमन्त्री अपोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका “तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले ति आरोपहरुको व्यवस्थित रुपमा खण्डन गर्ने पनि उपप्रधानमन्त्री पोखरेलले बताएका छन् । ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!’ पोखरेलले कार्यकर्तालाई अपील गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी विवाद बारे उपप्रधानमन्त्री पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्