तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का
पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।
बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #वर्षीया बालिकाको वीभत्स हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्