नेकपाको सचिवालय बैठक : सचिवालयका सबैले राजीनामा दिनुपर्ने अर्को प्रस्ताव
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीका कार्यकर्ता र जनभावना अनुसार काम गर्न नसकेको भन्दै सचिवालयका सबैजनाले राजीनामा दिनुपर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो ।
‘पार्टी एकिकरण के का लागि भएको हो ? हामी कसरी चल्नुपर्ने थियो ? आज हामी के विषयमा छलफल गर्दैछौं ?, प्रश्न उठाउँदै महासचिव पौडेलले यस्तो धारणा राखेपछि सबै स्तब्ध बनेको सहभागी स्रोतले खुलानेपाललाई जानकारी दियो ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको पत्र अध्ययन गर्न र तयारी गर्न समय अपुग हुने बताउनुभएको थियो ।
सोही अनुसार बैठक पुन १० दिन पछि बस्ने गरी सकिएको हो ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आधारहीन, तर्कहीन कुरा राखेर आफूमाथि घेराबन्दी गरिएको, सरकारलाई काम गर्न नदिएको, राम्रो कामप्रति कहीँ कतै जस नदिएको भन्दै प्रतिवाद गर्नुभएको थियो ।
भदौ २६ गतेको सहमति अनुसार काम गर्न छोडेर पत्राचार गर्नतिर लागेकोमा आश्चर्य समेत जनाउनुभएको थियो ।
उहाँले पार्टी गतिविधि ठप्प रहेको, एकीकरणको मूल मर्म अनुसार काम हुन नसकेकोमा जनता रुष्ट रहेको भन्दै त्यस अनुसार पार्टीलाई अघि बढाउनुपर्ने धारणा समेत राख्नुभएको स्रोतले जानकारी दियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाको सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्